एकीकृत व्यापारी व्यवस्थापन प्रणाली 'गेट पे' बनाउन त्रिपक्षीय सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2023 | 07:42:30 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक , नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले एकीकृत व्यापारी व्यवस्थापन प्रणाली” (गेट पे) संचालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् । उक्त सम्झौतापत्रमा नेप्सको तर्फवाट प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बा, सिटीटेकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फवाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।
 
बैंकका अनुसार नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक MMS संचालनमा आईसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र संजालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् । सम्झौताले व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा संजालसँग अलग अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ ।

यसका साथै हाल प्रचलनमा आईरहेका सबै भुक्तानी उपकरणहरु तथा संजालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरुलाई सेवा लिन र दिन सहज हुने बैंकले जनाएको छ  । त्यस्तै कारोवारी र कारोवारसँग सम्बन्धित महत्वपुर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेको बैंकले जनाएको छ ।

सम्झौता पछि तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दावी गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved