यी हुन् नबिल बैंकका ५ ठूला शेयरधनी, नेप्सेको स्वामित्व कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 01:53:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकमा ५८.४४ प्रतिशत संस्थापक र ४१.५६ प्रतिशत साधारण शेयरधनीको हिस्सा रहेको छ । बैंकको वार्षिक प्रतिवेदन २०७९/८० अनुसार बैंकमा ०.५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व हुने ५ शेयरधनी रहेका छन् । 

बैंकमा सबैभन्दा बढी एनबी इन्टरनेशनल लिमिटेड (आयरल्याण्ड) को ३९.४४ प्रतिशत अर्थात १० करोड ६७ लाख ०६ हजार २४२ कित्ता शेयर रहेको छ ।

त्यस्तै आईएफआईसी बैंक पी.एल.सी (बंगलादेश) को ७.७७ प्रतिशत अर्थात २ करोड १० लाख १७ हजार २६४ कित्ता शेयर स्वामित्व छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको ७.६३ प्रतिशत अर्थात २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता शेयर रहेको छ । 

त्यस्तै बैंकमा सञ्चालक निवार्ण चौधरीको ०.७० प्रतिशत अर्थात १८ लाख ९७ हजार १५९ कित्ता शेयर लगानी रहेको छ । बैंकमा वरुण चौधरीको ०.६७ प्रतिशत अर्थात् १८ लाख ८ हजार ९ सय ८५ कित्ता शेयर लगानी रहेको छ । 

यता, मुथुट फाइनान्स लिमिटेड (भारत) को ०.४४ प्रतिशत अर्थात ११ लाख ९८ हजार ५३१ कित्ता शेयर रहेको छ भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को ०.२६ प्रतिशत अर्थात ७ लाख १२ हजार ३४० कित्ता शेयर लगानी छ । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुँगानाको १० हजार ५९ कित्ता शेयर छ । 

बैंकमा ४७.६५ प्रतिशत विदेशी लगानी रहेको छ भने ५२.३५ प्रतिशत स्वदेशी स्वामित्व रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved