चार वाणिज्य बैंकसहित ७ कम्पनीको शेयर बेच्दै प्रुडेन्सियल क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 11:16:36 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले विभिन्न सात कम्पनीको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले चार वाणिज्य बैंकसहित विकास बैंक, वित्त कम्पनी र इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

क्यापिटलले प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी बैंक, प्राइम बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स र नेपाल लाइफ इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्वको शेयर बिक्रीमा राखेको हो ।

क्यापिटलले प्रभु बैंकमा आफ्नो स्वामित्वमा रहेको ६८ हजार ७२९ कित्ता शेयर बिक्री गर्ने भएको हो । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९ हजार ६७८ कित्ता, कुमारी बैंकको ५ लाख ४९ हजार ६२६ कित्ता र प्राइम कमर्सियल बैंकको ४९ हजार ७१७ कित्ता संस्थापक शेयर क्यापिटलले बिक्री गर्न लागेको हो । 

त्यसैगरी, शाइना रेसुङ्गा डेभलपमेन्ट बैंकको २ लाख ४ हजार ५३७ कित्ता शेयर पनि कम्पनीले बिक्री खुला गरेको छ । त्यस्तै नेपाल लाईफको ५ लाख २३ हजार ११२ कित्ता र आईसीएफसी फाइनान्सको ९२ हजार ६१६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

क्यापिटलले प्रभु बैंकको प्रतिकित्ता शेयर मुल्य ११० रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिकित्ता शेयर मुल्य न्यूनतम १२० रुपैयाँ, कुमारी बैंकको १०० रुपैयाँ, प्राइम बैंकको शेयर मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ,  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १२० रुपैयाँ, आइसिएफसि फाइनान्सको १७५ रुपैयाँ र नेपाल लाइफको ३२५ रुपैयाँ तोकेको छ ।

यी कम्पनीको संस्थापक शेयर खरिद गर्नका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ ।

क्यापिटलको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । शेयर इच्छुक आवेदकले पुस ११ गतेदेखि पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved