यी हुन् एनएमबि बैंकका १६ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 12:40:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकमा विभिन्न १६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै शेयर स्वामित्व रहेको छ । बैंकको वार्षिक प्रतिवेदन अनुसार बैंकमा १६ व्यक्ति तथा कम्पनीको ०.५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेको देखिन्छ । 

बैंकमा सबैभन्दा धेरै शेयर स्वामित्व  एफ.एम.ओ नेदरल्याण्डस रहेको छ । यस कम्पनीको १३.३९ प्रतिशत अर्थात २ करोड ५१ लख ४६ हजार १४२ कित्ता शेयर लगानी रहेको छ । 

त्यस्तै दोस्रो ठूलो शेयरधनीका रुपमा कर्मचारी संचय कोषको ५.५३ प्रतिशत अर्थात १ करोड १ लाख ५० हजार ७२९ कित्ता शेयर स्वामित्व रहेको बैंकले उल्लेख गरेको छ ।

यस्तै, तेस्रो नम्बरमा यंग लियन रियल्टी एसडीएनविएचडी मलेसियाको ४.२२ प्रतिशत अर्थात ७७ लाख ४२ हजार २७० कित्ता शेयर लगानी रहेको छ । त्यसैगरी, चौथो शेयर स्वामित्व हुनेमा गाईत्री इन्भेष्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रालिको १.८२ प्रतिशत अर्थात ३३ लाख ५१ हजार ६०२ कित्ता शेयर स्वामित्व छ ।

वित्तीय प्रतिवेदन अनुसार नन्द किशोर राठीको १.६८ प्रतिशत अर्थात् ३० लाख ९३ हजार ३२० कित्ता, धनन्जय प्रसाद आचार्यको १.५३ प्रतिशत अर्थात २८ लाख ६ हजार १६१ कित्ता, सुनिल कुमार गोशालीको १.०४ प्रतिशत अर्थात १९ लाख १ हजार ९८७ कित्ता, सुशिल कुमार गोशालीको ०.९५ प्रतिशत अर्थात १७ लाख ५० हजार ३१६ कित्ता शेयर लगानी रहेको देखिन्छ ।

यस्तै, बैंकका अध्यक्ष पवन कुमार गोल्यानको ०.९२ प्रतिशत अर्थात १६ लाख ९६ हजार ७३२ कित्ता, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत अर्थात १६ लाख ७४ लाख १०१ कित्ता, सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत अर्थात १४ लाख ५९ हजार २२२ कित्ता, पुरुषोत्तम लाल संघाईको ०.७१ प्रतिशत अर्थात १२ लाख ९५ हजार ४९२ कित्ता शेयर स्वामित्व रहेको छ ।

यस्तै, पशुपति मुरारकाको ०.५८ प्रतिशत अर्थात १० लाख ७२ हजार २६३ कित्ता, सन्तोष राठीको ०.५८ प्रतिशत अर्थात १० लाख ५८ हजार ६९७ कित्ता, दिनवन्धु अग्रवालको ०.५३ प्रतिशत अर्थात् ९ लाख ७२ हजार ५७४ कित्ता र बलराम न्यौपानेको ०.५२ प्रतिशत अर्थात ९ लाख ५४ हजार ८९४ कित्ता शेयर लगानी बैंकमा रहेको देखिन्छ ।

बैंकका सञ्चालक उत्तम भ्लोनको २ लाख २१ हजार ९७१ कित्ता र शिरिष कुमार मुरारकाको ४१ हजार १४५ कित्ता शेयर लगानी छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीको ६ हजार ५९५ कित्ता शेयर रहेको जनाएको छ ।

यस्तै, बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायको ५ हजार ८३७ कित्ता, प्रमुख संचालन अधिकृत तथा कम्पनी सचिव प्रमोद कुमार दाहालको ४०६ कित्ता, प्रमुख लगानी अधिकृत श्रिजेश घिमिरेको १ हजार ७१५ कित्ता, प्रमुख अधिकृत एमएसएमई तथा सब्सिडी कर्जा प्रमुख डा। बुद्धि कुमार मल्लको ३४९ कित्ता र प्रमुख ट्रेड फाइनान्स पुष्पा अर्यालको १ हजार २०० कित्ता शेयर रहेको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved