राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा बढायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 04:42:51 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा बढाएको छ । केन्द्रीय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्तो सुविधा बढाएको हो । 

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई जारी परिपत्र-२०७९ संशोधन गर्दै उच्च शिक्षा हासिल गर्न जानेका लागि क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत युरोपेली मुलुकहरूका लागि अब १२ हजार अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । यसअघि यी देशमा जानेका लागि १० हजार अमेरिकी डलरसम्मको सटही सुविधा थियो । 

त्यस्तै राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापतको सटही सुविधा पनि बढाएको छ । केन्द्रीय बैंकले जापान, दक्षिण कोरिया, युरोप महादेश,संयुक्त राज्य अमेरिका, क्यानाडा जानेको हकमाअधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुक जानेको हकमा अधिकतम अमेरिकी डलर २०० सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि जुनसुकै देश जानेका लागि पनि २०० अमेरिकी डलरको सटही सुविधा थियो ।

'राहदानी सुविधा वापत सटही माग गर्न आउने निवेदकहरूबाट कन्फम्र्ड हवाई टिकट तथा नाम, ठेगाना र फोटो समेत भएको एवम् अग्रिम भिसा आवश्यक पर्ने अवस्थामा भिसा प्राप्त राहदानीको पृष्ठको छविचित्र (Photocopy) अनिवार्य रुपमा पेश गर्न लगाउनु पर्नेछ । ती छविचित्रहरू सक्कल प्रतिसँग भिडाई दुरुस्त भएमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ । तर, विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट संलग्न भइआएको आधारमा सटही सुविधा उपलब्ध गराउन यस व्यवस्थाले बाधापु¥याएको मानिने छैन ।' राष्ट्र बैंकद्धारा संशोधित परिपत्रमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved