रेमिट्यान्स अर्थतन्त्रको भरपर्दो स्रोत होइनः डेपुटी गर्भनर डा. ढुङ्गाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 12:14:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंककी डेपुटी गर्भनर डा. निलम ढुङ्गानाले रेमिट्यान्स अर्थतन्त्रको भरपर्दो स्रोत नभएको बताएकी छिन् । काठमाडौँमा आज आयोजित कार्यक्रममा उनले अहिले अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्सले योगदान गरिरहेको भए पनि यो दीर्घकालिन भरपर्दो स्रोत भने नहुने बताएकी हुन् ।

उनले अर्थतन्त्रको संरचनागत सुधार गर्नुपर्ने बेला भइसकेको बताउँदै रेमिट्यान्सको विकल्प खोजिनुपर्ने पनि बताइन् । यसका लागि उत्पादन बढाउने र बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने डेपुटी गर्भनर डा. ढुङ्गानाको भनाइ छ ।

‘रेमिट्यान्स भरपर्दो स्रोत होइन, यसको विकल्प खोज्नुपर्छ’ उनले भनिन्, ‘यसकारण अर्थतन्त्रको स्ट्रक्चरल रिफर्म गर्न ढिला भइसक्यो, त्यो भनेको उत्पादन वृद्धि नै हो । यसका लागि बैंक तथा वित्तीय संस्थाले पनि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved