गभर्नरको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा सुनुवाई सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 12:33:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्द सर्वोच्च अदालतमा दायर भएको रिटमा आज शुक्रबार सुनुवाई भएको छ । आज न्यायाधीश शुष्मालता माथेमाको एकल इजलाशमा उक्त रिटको सुनुवाई भएको हो । सुनुवाई सकिए पनि आदेश भने आउन बाँकि छ

बिहिबार जोशी ल एण्ड एसोसिएट्सका अधिवक्ता दिपकराज जोशी , ठकुाराठी एशोसिएट्सका अधिवक्ता प्रतापसिंह ठकुराठी , विप्स ल एसोसिएट्स प्रा.लि का संचालक अधिवक्ता दामोदर तिम्सिना र  चुडामणी भण्डारीले संयुक्त रुपमा रिट दायर गरेका थिए

उनीहरुले गभर्नरको योग्यता माथि प्रश्न उठाउदै रिट दायर गरेका हुन् । राष्ट्र बैंकको गभर्नर बन्न तोकिएको शैक्षिक योग्यतामा स्नातकोत्तर गरेको हुनु पर्ने व्यवस्था छ  । तर गभर्नरले सीए गरेको र सीएको उपाधिले हालसम्म पनि स्नातकोत्तर सरह मान्यता नपाएको दाबी गर्दै गभर्नरको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ । उनको योग्यता नपुगेकोले अधिकारीलाई गभर्नर नियुक्त गर्ने मिति २०७६।१२।२४ को निर्णय बदर गर्न रिटमा माग गरिएको छ 

 गर्भनर पदमा अयोग्य व्यक्ति नियुक्त भई आफुअनुकुलका कार्यहरु गरिरेको  रिटको विषयलाई समेत ध्यानमा राखी यसको गम्भिर्यतालाइ समेत हेरी सुनुवाईको लागि अग्राधिकार समेत दिलाई पाउन रिटमा माग गरिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय , अर्थ मन्त्रालय , राष्ट्र बैँक , नेपाल राष्ट्र बैँक संचालक समिति र गभर्नर महाप्रसाद अधिकारीलाई विपक्षी बनाईएको छ 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved