माछापुच्छ्रे बैंक सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 06:01:27 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट (Excellence In Credit Cards ) अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ (Excellence In POS Acquiring ) सर्भिस २०२३ बाट सम्मानित भएको छ । भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई उक्त दुई अर्वाडहरु प्रदान गरिएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पिओएस मेसिन प्रवर्द्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत  सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved