निफ्रामा ४ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 09:40:00 AM मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको साधारणसभाले संचालक चयन गरेको छ । बैंकको पुस १७ गते  सम्पन्न भएको बैंकको पाँचौं वार्षिक साधारण सभाले बैंकको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुमा अनुज अग्रवाल (प्रतिनिधि, विशाल ग्रुप लि.), रत्न राज बज्राचार्य (प्रतिनिधि, ग्लोबल आइएमई बैंक लि.) र लालमणि जोशी (प्रतिनिधि, इमर्जिङ्ग नेपाल लि.) लाई आगामी ४ वर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो ।

 बैंकमा रिक्त रहेको सर्वसाधारण शेयरधनी समुह तर्फ साविक संचालकको बाँकी कार्यकालसम्मको लागि बैंकको संचालक समितिको निर्णयानुसार प्रवीण सुवेदीलाई संचालकमा नियुक्त गरेको निर्णय समेत साधारणसभाले अनुमोदन गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकका स्वतन्त्र संचालक शंकर प्रसाद अधिकारीको पदावधि बैंकको पाँचौ साधारण सभाको मितिसम्म तोकिए अनुसार बैंकको पाँचौ साधारण सभा सम्पन्न भएको मिति २०८० साल पौष १७ गते पश्चात उनी उक्त पदमा रहने छैनन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved