
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको २५ अर्ब रुपैयाँ खिच्ने भएको छ । १४ दिने निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले प्रणालीबाट रकम खिच्न लागेको हो।
बैंकहरूले पुस १८ गते २ बजेसम्म बोलकबोलमा सहभागिता जनाउनुपर्ने हुन्छ । उक्त रकम २०८० माघ ३ गते राष्ट्र बैंकले यसको सावाँ तथा ब्याज फिर्ता गर्ने छ ।
यस बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरुले घटीमा रु। १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको लागि आवेदन दिन सक्ने छन् ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिनेछ । निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
बजारमा अधिक तरलता देखिएपछि मंगलबार मात्रै नेपाल राष्ट्र बैंकले बैंकहरुबाट १० अर्ब रुपैयाँको निक्षेपको बोलकबोल गरेको थियो ।