नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा तनहुँको दुलेगौँडामा ९७ औँ शाखा सञ्चालनमा ल्याएको छ ।
हाल यस बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस, १२१ एटिएमबाट आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।