राष्ट्र बैंकको निर्देशनले सहुलियतपूर्ण कर्जामा वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 12:56:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० ले यस प्रदेशमा यस्तो कर्जा रकम बढेको देखिएको छ । 

प्रतिवेदन अनुसार मधेश प्रदेशमा यस अवधिमा बैंक तथा वित्तीय संस्थाले २२ अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही वर्षमा यस्तो कर्जा रु.१४ अर्ब ५ करोड रहेको थियो । 

सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा राष्ट्र बैंकको निर्देशन प्रमुख कारण देखिन्छ । केन्द्रिय बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने गरेको प्रतिवेदनमा औंल्याइएको छ । 

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जा मध्ये सबैभन्दा बढी ४ अर्ब ४८ करोड रुपैयाँ अर्थात् २०.१३ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम .१ अर्ब ८ करोड रुपैयाँ अर्थात् ४.८७ प्रतिशत सप्तरी जिल्लामा रहेको देखिन्छ । 

त्यस्तै, धनुषामा ३ अर्ब ५१ करोड अर्थात १५.७४ प्रतिशत, सिराहामा ३ अर्ब ३५ करोड अर्थात १५.०२ प्रतिशत, बारामा ३ अर्ब ३० करोड अर्थात १४.८३ प्रतिशत, पर्सामा २ अर्ब ८२ करोड अर्थात १२.३९ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ । 

त्यसैगरी, रौतहटमा १ अर्ब ८७ करोड अर्थात ८.४० प्रतिशत र महोत्तरीमा १ अर्ब ८५ करोड अर्थात ८.३२ प्रतिशत सहुलियत कर्जा प्रवाह भएको देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved