ब्याजदर करिडोरको तल्लो सीमामा निक्षेप दर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 02:43:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले २ खर्ब ६४ अर्ब ९० करोड रुपैयाँ बैंकिङ्ग प्रणालीबाट खिचेपछि ब्याजदर करिडोरको तल्लो सीमामा निक्षेप दर आईपुगेको छ । 

केन्द्रिय बैंकले चालू आर्थिक वर्षमा पहिलो पटक मंसिर ६ गतेदेखि निक्षेप खिच्न लागेको थियो । त्यसयता १७ पटकमा बैंकिङ्ग प्रणालीबाट राष्ट्र बैंकले ३ खर्ब ५ अर्ब रकम निक्षेप संकलनको लागि आव्हान गरेकोमा २ खर्ब ६४ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको हो । 

उक्त रकम बराबरको निक्षेप संकलन गरेपछि मात्रै ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन दर औसतमा ३ प्रतिशतमा आएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समिक्षा मार्फत निक्षेप संकलन दरलाई ४.५ प्रतिशतबाट ३ प्रतिशतमा झारेको थियो । 

बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा पनि तल आएको थियो । बैंकमा निक्षेप रकमको वृद्धि भएसँगै कर्जाको मागमा वृद्धि नभएपछि केन्द्रिय बैंकले ब्याजदर स्थायीत्वका लागि निक्षेप संकलन गरेको हो । 

निक्षेप संकलन दर ३ प्रतिशतको सीमा पुगेपनि सीडि रेसियो भने अझै पनि ८० प्रतिशतको वरिपरी नै रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved