कुमारी बैंकको ६६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 11:58:03 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकका चार जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वको शेयर बिक्री गरेर बाहिरिन लागेका छन् । बैंकका चार संस्थापकले कुल ६६ हजार ७६९ कित्ता शेयर बिक्री गर्न लागेका हुन् ।

शेयर बिक्री गर्न चाहनेमा सुर्खेत जिल्ला वीरेन्द्रनगर–५ का तुलाराम सिजाली, काठमाडौं–५ हाँडीगाँउका प्रताप मेहेर श्रेष्ठ, भक्तपुर –३ गठ्ठाघरमा बुद्धि बहादुर श्रेष्ठ र सुर्खेत जिल्लाका पदमपुरका अम्बर बहादुर तारमी मगर रहेका छन् ।

बैंकका अनुसार सिजालीले आफ्नो स्वामित्वको ३ हजार १६६ कित्ता शेयर बिक्री गर्न लागेका हुन् ।  त्यस्तै गरी, प्रताप मेहेरले ७ हजार ४१४ कित्ता र बुद्धि बहादुरले ५४ हजार ९८२ कित्ता शेयर बिक्री गर्ने भएका हुन् । यी तीनजना संस्थापकको स्वामित्वमा रहेको शेयर बैंकका अन्य संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्नेछन् । 

त्यस्तै तारमी मगरको स्वामित्वमा रहेको १ हजार २०७ कित्ता शेयर भने संस्थापक शेयरधनी साथै सर्वसाधारणले समेत खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकको शेयर रजिष्टारमा कुमारी क्यापिटल रहेको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन बैंकले आव्हान गरेको छ । शेयर खरिदका लागि शेयर रजिष्टार कुमारी क्यापिटल काठमाडौं, नक्शाल नागपोखरी र बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी निवेदन दिन सकिने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved