सरकारले ट्रेजरी बिलमार्फत १७ अर्ब आन्तरिक ऋण उठाउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 10:44:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत उक्त रकम आन्तरिक ऋण उठाउन लागेको जनाएको हो ।

केन्द्रिय बैंकले परिपक्व अवधि पूरा भएको पुरानो १४ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो छ भने ३ अर्ब नयाँ ट्रेजरी जारी गर्न लागेको हो । 

ट्रेजरी बिलका लागि सोमबार आज दिउँसो २ बजे बोलकबोल गर्ने र मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । 

बैंकले ९१ दिन र १८२ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । केन्द्रीय बैंकले जारी गर्न लागेको ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी चैत्र २७ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०८१ असार २६ गते परिपक्व हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved