सिमरामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2024 | 05:44:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर ०२, सिमरा रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले सिमरा शाखाकोे उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए । उनले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए । 

बैंकका सिमरा शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखा मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved