कुमारी बैंकले पनि घटायो ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 08:37:32 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले पनि माघ महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले आज गर्दै माघ १ गतेदेखि लागु हुने ब्याजदर प्रकाशन गरेको हो ।

जस अनुसार बैंकले  व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिने भएको छ। पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो । त्यस्तै बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत ब्याज दिने भएको छ ।पुसमा यस्तो ब्याज  ७.३१ प्रतिशत  थियो ।

बैंकमा लगानीयोग्य बढ्दै गएको तर कर्जा प्रवाह हुन नसकेकोले बैंकहरु ब्याज घटाउने तयारीमा छन् । हिजो मात्र एनआईसी एशिया बैंकले ब्याज घटाएको थियो । अन्य बैंकहरुले पनि ब्याजदर घटाउने तयारी गरेका छन् । पुँजी कोषमा दबाब रहेका बैंकहरूले समेत निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन्। ब्याजदर घटाएर लागत घटाउने रणनीतिमा बैंकहरु पुगेका हुन् 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved