५ महिनामा बैंकहरुको नाफा २८ अर्ब , नबिल र ग्लोबल शिर्ष स्थानमा , पछ्याउदै एनआईएमबि (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 05:31:12 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मसिंरसम्म वाणिज्य बैंकहरुले कुल २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

यो अवधिमा १४ वटा वाणिज्य बैंकहरुले अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै नबिल बैंकले खुद नाफा कमाएको छ । नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः २ अर्ब ७३ करोड ७९ लाख र २ अर्ब ६० करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

अर्ब कमाउने अन्य बैंकहरुमा प्राईम कमर्सियल बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्रभु बैंक, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र सानिमा बैंक रहेका छन् । 

हेर्नुस कुन बैंकको खुद नाफा कति ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved