ग्लोबल आईएमई बैंकले घर किन्न १२ करोड कर्जा दिने, कति छ ब्याजदर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 05:52:11 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले आवास योजना ल्याएको छ । जस अन्तर्गत १० वर्षसम्म ९.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने बैंकले जनाएको छ । 

बैंकका अनुसार सो योजना अन्तर्गत १२ करोडसम्म कर्जा पाइने छ । 

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको जनाएको छ । साथै, उक्त योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरेका ग्राहकले सहज रुपमा कर्जा सार्नसमेत सक्ने जनाइएको छ ।

यस योजना अन्तर्गत १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउने जनाइएको छ । 

बैंकले आवश्यक कागजातहरु पेश गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्ने जनाएको छ ।

देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५६ वटा शाखाहरुबाट यो सुविधा लिन सकिने जनाइएको छ । 

यो योजना सिमित अवधिका लागि रहने बैंकले उल्लेख गरेको छ ।

ग्लोबल आइएमई बैंक सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved