राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, यस्ता छन् ५ नयाँ व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 07:33:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सोमबार मौद्रिक नितीको अर्ध वार्षिक समीक्षा सर्वजनिक गरेको हो ।

राष्ट्र बैंकको आज साँझ बसेको संचालक समितिको बैठकले पारित गरेपछि आज नै मौद्रिक नितीको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।

यस्ता छन् मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाले गरेका ५ नयाँ व्यवस्था :


१. आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ ।

२. अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ।

३. ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ ।

४. संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ।

५. कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु. २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ ।।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved