दक्षिण पूर्वी एशियाका केन्द्रीय बैंकको सम्मेलनमा गभर्नर अधिकारी सहभागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2024 | 05:25:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी २०८० फागुन ३ र ४ गते भारतको मुम्बईमा आयोजित 43rd SEACEN Board of Governors' (BOG) Meeting 59th र SEACEN Governors' Conference/High- Level Seminar मा सहभागी भएका छन्।

राष्ट्र बैंकका अनुसार भारतीय रिजर्व बैंकद्वारा आयोजित उक्त सम्मेलनको पहिलो दिन 'Navigating Economic Headwinds and Advancing Financial Inclusion: Perspectives and Challenges' विषयक सेमिनार सम्पन्न भएको थियो। सेमिनारमा SEACEN का कार्यकारी निर्देशक मङ्गल गोस्वामीले स्वागत मन्तव्य राखेका थिए भने रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले सम्मेलनको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए ।

सो अवसरमा 'The Drivers and Road to Achieving Inflation Targets - Challenges Ahead', 'Challenges and Implications of Higher for Longer Interest Rates' र 'Leaving No One Behind: The Role of Digital Public Infrastructure in Financial Inclusion' तीन वटा सेसनमा प्यानल छलफल भएको भयो । त्यस क्रममा कोभिड - १९ सङ्क्रमण यताको अवधिमा विश्व अर्थतन्त्रले सामना गरेका मुद्रास्फीति, तनावलगायतका चुनौतीबारे विस्तृत छलफल भएको रश्र्ता बैंकले जनाएको छ।

उच्च ब्याजदर, भू-राजनीतिक सम्मेलनको तेस्रो सेसनमा गभर्नर अधिकारी प्यानलिष्टको प्यानलिष्टको भूमिकामा सहभागी थिए। सो अवसरमा उनले 'डिजिटल फाउण्डेसन' स्थापनामा पछिल्लो समय नेपालले उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गर्दै सन् २०२६ सम्ममा ‘केन्द्रीय बैंक विद्युतीय मुद्रा' पाइलट परीक्षण गर्ने तयारी रहेको जानकारी दिए । उक्त सम्मेलनमा SEACEN का सदस्य संस्थाका गभर्नर र उच्च अधिकारीहरूको सहभागिता थियो । कार्यक्रमको दोस्रो दिन गभर्नर अधिकारी 43rd SEACEN Board of Governors' (BOG) Meeting मा सहभागी थिए।

भारतीय रिजर्व बैंकको गभर्नर शक्तिकान्त दासको अध्यक्षतामा आयोजित बैठकमा SEACEN का कार्यकारी निर्देशक मङ्गल गोस्वामीले सन् २०२३ मा भएका गतिविधि र चालु रणनीतिक योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएका थिए।

बैठकमा सन् २०२४ का निम्ति प्रस्तावित प्रशिक्षण र अनुसन्धान, बजेट, साङ्गठनिक नतिजालगायतका विषयमा छलफल भई सहभागीको राय/सुझावका आधारमा प्रस्तावहरू अनुमोदन भएको थियो।

सो अवसरमा गभर्नर अधिकारीले समेत आफ्नो मन्तव्य राखेका थिए  । बैठकका क्रममा गभर्नर अधिकारीले भारतीय रिजर्व बैंक र नेसनल बैंक अफ कम्बोडियाका गभर्नर तथा मनिटरी अथोरिटी अफ सिङ्गापुरका मेनेजिङ डाइरेक्टरसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए । SEACEN को ६० औँ गभर्नर्स सम्मेलन र ४४ औं बोर्ड अफ गभर्नर्स बैठक दक्षिण कोरियामा हुने जनाइएको छ ।

सम्मेलनमा सहभागी भई गभर्नर अधिकारी २०८० फागुन ८ गते स्वदेश फर्किएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved