दुर्गा प्रसाईका कारण विवादमा तानिँदा एनआईसी एशिया बैंकलाई फाइदै फाइदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 05:55:31 PM मा प्रकाशित

laxmi  sunrise bank

दुर्गा प्रसाईको आलोचना पश्चात विवादमा तानिएको एनआईसी एशिया बैकलाई उल्टै फाइदा पुगेको पाइएको छ। जस कारण बैंकका उच्च तहका कर्मचारी तथा बैक संचालक आफ्ना निकटलाई 'कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडायो, ठिकै भयो' भनिरहेका छन्।  

बैंकले नभनोस् पनि कसरी, पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी रेसियो) को सिमाका कारण आफुसँग भएको करिब ४० अर्ब रुपैयाँ निक्षेप कर्जा लगानी गर्न नसक्दा बैंकमाथि ठूलै आर्थिक भार परेको थियो। जसले गर्दा बैकले आफुसँग भएको निक्षेपलाई निरुत्साहित पार्न र थप निक्षेप नथपियोस् भन्नलाई  पुष, माघ र फागुनमा व्यक्तिगत तथा संस्थागत मुद्दतीको ब्याज बैंकिङ उद्योगकै कम कायम गरेको थियो। 

अर्थात पुषमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याज साढे ६ प्रतिशत, माघमा ६.०५ प्रतिशत र फागुनमा ६ प्रतिशत कायम गरेको थियो। व्यक्तिगत मात्र नभई बैंकले संस्थागत तर्फको मुद्दती निक्षेपको ब्याज पनि पुषमा साढे ८ प्रतिशत, माघमा ८.०५ प्रतिशत र फागुनमा ८ प्रतिशत तोकेको थियो। 

बैंकले बैंकिङ उद्योगकै न्युन ब्याज कायम गर्दा माघमा १४ अर्ब निक्षेप बैंकबाट बाहिरियो। तर संगसंगै केहि निक्षेप पनि जम्मा हुन् पुग्यो। जसले गर्दा बैंकले निक्षेप घटाउन लिएको रणनीति सफल भएन। त्यसैले फागुनमा पनि केहि निक्षेप घटाउने उदेश्यले बैंकले उद्योगकै कम ब्याज घोषणा गर्यो। 

पुँजी पर्याप्तता अनुपातका कारण थप ४० अर्ब रुपैयाँ कसरी व्यवस्थापन गर्ने भनेर आन्तरिक योजनामा बैंक जुट्दै थियो। यता फागुन एक गते दुर्गा प्रसाईले बैंक बिरुद्द बोलेको बोलि र फागुन २ गते बैक विरुद्द लेखेको स्ट्याटस र बैंकबारेमा केहि मिडियामा आएका 'कन्टेन्ट' का कारण बैंकबाट निक्षेप झिक्ने क्रम बढ्न पुग्यो।

दुई सातामा राम्रै निक्षेप झिकीएपछि बैंकलाई बढी हुन पुगेको पैसाको आफैं व्यवस्थापन हुन् पुग्यो। जसले गर्दा बैंकले यो १५ दिनमा निक्षेप बापत तिर्नुपर्ने ब्याज बापतको लागत बचाउन सफल भयो। 

विश्वस्त स्रोतकाअनुसार फागुन एक देखि फागुन १५ गतेसम्म बैंकबाट नेपाल राष्ट्र बैंकले भने भन्दा बढी निक्षेप झिकिएको थियो। तर बैंकबाट बढी निक्षेप झिकीन सक्छ भन्ने अनुमान अनुसार बैंकले चालेको रणनीतिक कदम र नेपाल राष्ट्र बैंक तथा अन्य सरोकारवाला तथा केहि मिडियाको साथले बैंकले यहि बीच राम्रै डिपोजिट बजारबाट उठाउन सफल भयो। जसले गर्दा पैसा झिक्ने र राख्ने अन्तर मात्रै २७-२८ अर्ब हुन् पुग्यो, जसले बैंकले निक्षेप घटाउन लिएको रणनीतिलाई ठुलो टेवा मिल्यो। 

आर्थिक रुपमा मात्रै नभई नैतिक र ब्राण्ड निर्माणमा पनि बैंकलाई यो विवादले उल्टै फाइदा पुगेको देखिएको छ। बैंकहरुमा अप्रेशनको क्रममा केहि न केहि गल्ति हुनु स्वाभाविक भएपनि अन्य सूचकहरु सबल र बलियो भएको भन्दै बैंकको पक्षमा नियामक नेपाल राष्ट्र बैंक नै अगाडी देखियो। यसले पनि एनआईसी एशिया बैंक नियामकको नजरमा राम्रो रहेछ भन्ने संदेश आम सर्वसाधारणमा पर्न गएको छ। 

त्यसमाथि पनि बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको औपचारिक कार्यक्रममा नै गभर्नर जस्तो पदीय हैसियत भएका व्यक्ति महाप्रसाद अधिकारीले अप्रेशनमा केहि इस्यु भएपनि सूचक र अन्य महत्त्वपूर्ण विषयमा एनआईसी एसिया बैंक राम्रो भएको र कुनै अप्ठ्यारो नआउने सार्वजनिक रुपमा नै बोले। 

गभर्नर अधिकारिले उल्टै अरु केहि बैंक अहिले एनआईसी एशियालाई अप्ठ्यारो बनाउन लागेकाले त्यसो नगर्न र एनआईसी डुब्दा सिंगो बैंकिङ उद्योग नै डुब्छ भन्ने अभिव्यक्ति नै दिए। यसले पनि नियामक नेपाल राष्ट्र बैंकको नजरमा एनआईसी एशिया सबल र बलियो छ भन्ने संदेश आम सर्वसाधारणमा पुगेको छ। 

बैंकहरुमै ठूलो शाखा संजाल भएको र ४० लाख ग्राहक भएको ठूलो बैंकमा अप्रेशनको लेभलमा स-साना समस्या आउनु सामान्य भएपनि बैंकलाई यस्ता साना कुराले अब छुन नसक्ने संदेश पनि बैंक आफैले दिएको छ भने त्यसमा नेपाल राष्ट्र बैंकले पनि जोडदार समर्थन जनाएको छ।  

यी सबै कुराले गर्दा दुर्गा प्रसाईको आन्दोलनले एनआईसी एसियालाई उल्टै फाइदा पुगेको देखिन्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved