बुढानीलकण्ठमा हिमालयन बैंकको नयाँ शाखा विस्तार, कावासोती शाखा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 04:51:42 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले बुढानीलकण्ठमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले बुढानीलकण्ठ नगरपालिकाको हात्तीगौंडामा नयाँ शाखा विस्तार गरेको हो । 

सो शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले आइतबार गरेका हुन् । उद्घाट कार्यक्रममा बैंकका कर्मचारीहरुपनि उपस्थित रहेको जनाइएको छ ।   

बैंकले बंैंकको कावासोती शाखा–२ लाई पनि नवलपुरको गोछडा वडा नं. १७ मा स्थानान्तरण गरी आइतबार देखि सेवा सुचारु गरेको जनाएको छ । 

बैंकले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरेको जनाएको छ । 

हाल बैंकको नेपालभरि १७४ शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved