चैतका लागि १७ बैंकले घटाए ब्याजदर, एनआइसीको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 10:29:55 AM मा प्रकाशित

laxmi  sunrise bank

चैत महिनाका लागि १७ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । पछिल्लो समय निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरुले चैत महिनाका लागि पनि घटाएका हुन् । 

१७ बैंकले ब्याजदर घटाउँदा २ वटाले भने स्थिर राखेका छन् । त्यसैगरी १ वटा बैंकले भने ब्याजदर बढाएको छ । ब्याजदर स्थिर राख्नेमा प्रभु बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । फागुन महिनाका लागि व्यक्तिगत निक्षेपको  ग्लोबल आइएमईको ७.६ र प्रभुको ७.५ प्रतिशत रहेको थियो । चैतमा पनि सो दर कायम राखेका छन् । 

यता एनआइसी एशिया बैंकले भने ब्याजदर बढाएको छ । एनआइसीले चैतका लागि ८ प्रतिशतबाट ८.५४ प्रतिशत पुर्याएको छ । 

व्यक्तिगत निक्षेप कुन बैंकले ब्याजदर कति घटाए :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved