सिटिजन्स बैंकद्वारा विभिन्न ऋतुमा फुल्ने फूलहरुको चित्र भएको क्यालेन्डर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 12:26:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलले २०८१ सालको क्यालेन्डर सार्वजनिक  गरेको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले क्यालेन्डर सर्वजनिक गरेका हुन् । 

सो क्यालेन्डरमा विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषयवस्तु मानेर सिर्जना गरिएको छ । कार्यक्रममा नायब कार्यकारी अधिकृतहरु र व्यवस्थापन कार्यकारी समितिमा रहेका प्रमुखहरुको सहभागिता रहेको थियो । 

बैंकले विभिन्न सिजनमा फुल्ने फूल विषयवस्तु राखेर प्रकृतिको महिमाको स्पर्श ल्याउने लक्ष्यले क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ । वसन्त ऋतुमा फुल्ने फूलको उज्यालो रंगहरूदेखि शिशिर ऋतुमा फुल्ने फूलहरुको शान्त लालित्यसम्म गरि नव वर्ष २०८१ सुन्दर बनोस् भन्ने परिकल्पना बैंकले गरेको छ ।

समरोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले फूल विषयवस्तु समावेश गरिएको क्यालेन्डर आगामी वर्षभरि प्रेरणा, आनन्द, माया, स्पन्द र आशाको स्रोत बन्ने छ भन्ने विश्वास व्यक्त गरे ।

सिटिजन्स बैंक इन्टरनेसनलका देशैभरी १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved