यी हुन् कुमारी बैंकका २१ ठुला शेयरधनी, सबैभन्दा धेरै नागरिक ईन्भेष्टमेन्टको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 03:03:15 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व हुने लगानीकर्ताको संख्या २२ रहेको छ । गत आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्ममा बैंकमा ०.५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका लगानीकर्ताको संख्या २१ रहेको हो । 

जसमध्ये सबैभन्दा धेरै नागरिक ईन्भेष्टमेन्ट ट्रस्टको लगानी रहेको छ । ट्रस्टको बैंकमा ४.२९ प्रतिशत शेयर हिस्सा रहेको छ । यसैगरी, साविकको गुरास लाईफ ईन्स्योरेन्स कम्पनी हाल हिमालयन लाईफ ईन्स्योरेन्स कम्पनीको २.४२, सांग्रीला ईन्भेष्टमेन्टको २.१७ र निर्मल प्रधानको २.१६ प्रतिशत रहेको छ । 

यसैगरी, एनबी समूह नेपालको १.६९, ओम प्रसाद श्रेष्ठको १.३७, नारायण प्रसाद श्रेष्ठको १.४०, राम प्रसाद श्रेठको १.२१, विरेन्द्र कुमार शाहको १.१६, चार्टर्ड ईन्भेष्टमेन्टको १.०५, जेनिथ ईन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिजको १, भेष राज लोहनीको ०.९८, हरि भक्त शर्माको ०.९२, कोश राज ओन्ताको ०.७८, डा. ईन्द्रराज हुमागाईको ०.७३, नेपाल बीमा कम्पनीको ०.६६ र शशी अग्रवालको ०.६४ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

त्यसैगरी, एनबी ईन्भेष्टमेन्टको ०.६५, शशीकान्त अग्रवालको ०.५८, रोमा प्रधानको ०.५३ र दीपक रत्न शाक्यको ०.५१ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved