कर्जा नोक्सानी व्यवस्था गणनाको लागि हिमालयन बैंक र इवाई श्रीलंकाबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2024 | 07:03:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वित्तीय प्रतिवेदन मान ९ अन्तर्गतको इसीएल (एक्सपेक्टेड क्रेडिट लस) अनुरुप कर्जा नोक्सानी व्यवस्था गणनाका कार्यको लागि हिमालयन बैंक र अन्तराष्ट्रिय परामर्शदाता इवाई श्रीलंका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबरा तथा इवाई श्रीलंकाका तर्फबाट राजिथ परेराले हस्ताक्षर गरेका छन् ।

समारोहमा सहायक प्रमुख कार्यकारी अधिकृत सतिश राज जोशी तथा परामर्शदाता रमेश धिताल उपस्थित थिए ।

परामर्शदाता परेरा सन् २०१५ देखि नै नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन तथा तालिमका लागी नेपाल बैंकर्स संघ, विकास बैंकको संघ 'डीबान', वित्तीय संस्था संघ तथा स्थानिय चार्टर्ड एकाउन्टेंटहरु संग सहकार्य गर्दै आएका छन् ।

२०८१/८२ को प्रथम त्रैमासको प्रतिवेदन देखि नै वित्तीय प्रतिवेदनमान ९ अनुसारको कर्जा नोक्सानी व्यवस्था इ सी एल अनुरुप कायम गर्न नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरिसकेको छ भने नेपाल चार्टर्ड एकाउन्टेंट्स संस्थाले कार्यान्वयन मिति पहिले नै तोकिसकेको छ ।

इसीएल कार्यान्वयन लागी सन् २०२२ देखि नै नेपाल बैंकर्स संघले अन्तरास्ट्रिय परामर्शदाता छनोट कार्य अगाडी बढाएको थियो साथै विभिन्न छलफल तथा गोष्ठी समेत आयोजना गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved