हिमालयन बैंकले गर्यो मर्जरको क्रममा नजिक भएको शाखा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 06:16:00 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु स्थानान्तरण गरेको छ।  जसअनुसार इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुन्सरीमा स्थानान्तरण गरेको बैंकले जनाएको छ। 

शाखा स्थानान्तरणको क्रममा संचालनमा ल्याइएको उक्त शाखाको नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक श्रीमती इन्दु चाम्लागाई मैनालीले गरेकी हुन्। उक्त समारोहमा इनरुवाका मेयर, उप–मेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरुको पनि उपिस्थति रहेको थियो ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम,   ६,५०० भन्दा बढी पीओएस टर्मिनल र १७,००० भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना  ग्राहकहरुलाई विभिन्न बैंकिंग सेवा प्रदान गर्दै आएको प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोइरालाले जनाएका छन्।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved