अब क्युआर कोड मार्फत नै नेपालबाट भारतमा पैसा पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2024 | 02:20:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नेपालबाट भारतमा पैसा पठाउनको लागि नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक निर्देशन जारी गर्दै क्युआरबाट नै नेपालबाट भारतमा पैसा पठाउन सकिने लगायतका नयाँ व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार अब नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंकखाता आवद्ध विद्युतीय बैंकिङ्ग (इ-बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, Quick Response Code मार्फत राष्ट्रिय भुक्तानी स्वीच (National Payment Switch) को माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको च Payment माध्यमबाट तथा वित्तीय संस्थामा व्यक्तिगत खातामा प्रति दिन भा.रु. १५,०००।- र प्रति महिना भा.रु. १००,०००।- जम्मा हुने गरी पारिश्रमिक बापतको सटही सुविधा (Personal Payment/P-to-P Transfers) प्रदान गर्न सक्ने छन्। 

त्यस्तै भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनको लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकले व्यवस्था गरेको "Indo-Nepal Remittance Facility Scheme " को अतिरिक्त नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ्ग (इ-बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, Quick Response Code मार्फत राष्ट्रिय भुक्तानी स्वीच (National Payment Switch) को माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी विप्रेषण रकम (Personal Payment/P-to-P Transfers) भित्र्याउन सक्ने छन् ।

साथै नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवर्त्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी (Merchant Payments) विदेशमा जारी भएको Quick Response Code मार्फत राष्ट्रिय भुक्तानी स्वीच (National Payment Switch) को माध्यमबाट स्वीकार (Acquire) गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिमहरु र सोका निराकरण / न्यूनीकरणका उपायहरु सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक आफैँले विश्लेषण तथा व्यवस्थापन गर्नु पर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved