नबिल बैंकको कार्ड घोटेर स्काईवाक टावरको टिकेट किन्ने ग्राहकलाई बिशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 09:49:54 PM मा प्रकाशित

नबिल बैंकका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको बैंकले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको हो। 

यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एनबैंक एपबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।

आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत, नबिल बैंकका ग्राहकहरुले यो सुविधा दुई वर्ष सम्म उपभोग गर्न पाउँनेछन्। काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ ।

नबिल बैंक देशभर २६८ शाखा सञ्जालसहित २१ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved