१. बजेटले कुन वर्ग क्षेत्र समुदायलाई के कुरा दिन खोजेको छ, त्यो कुराको जस्तातस्तै जानकारी सम्बन्धित क्षेत्रमा पु¥याउनुपर्छ । कृषिमा अनुदान छ, भन्ने जानकारी दिएपछि कृषिमा दिईएको अनुदान कसरी प्राप्त गर्न सकिन्छ, भन्ने प्रक्रियाबारे जानकारी दिनुपर्छ ।
२. स्थानिय तहको निर्वाचन बजेट कार्यान्वयनको आधार हो । त्यसैले राजनीतिक सहमति कुनै न कुनै बिन्दुमा खोजेर सम्बन्धित विषयका विवाद तथा असहमतीलाई सल्टाएर निर्वाचन गरीयो भने बजेट कार्यान्वयन हुन्छ ।
३. वार्षीक कार्यक्रम तथा योजना बनाउनुपर्छ । यो डेढ महिनाको समयमा वार्षिक कार्यक्रम, योजना, चौमासिक कार्यक्रम, मासिक कार्यक्रम, साप्ताहिक तथा दैनिक क्यालेन्डर बनाएर परियोजना जिम्मा लिएका व्यक्तिहरुले त्यस हिसाबबाट काम गरे भनेमात्रै बजेट कार्यान्वयन प्रभावकारी ढंगले हुन्छ ।
४. यथार्थ कार्यघण्टा मापन गर्नुपर्छ । हरेक प्राविधीक तथा बौद्धिक कार्य कतिघण्टा यथार्थ ढंगले भयो भनेर त्यसको निश्चित मापदण्ड बनाईयो भने कार्यक्षमता मापन गर्न सकिन्छ । अनिमात्रै काममा गुणस्तर तथा प्रभावकारीता देखन सकिन्छ ।
५. बजेट आईसके पश्चात् धेरै ऐन नियमहरु बनाउन बाँकी छन् । बजेटले बनाउँछु भनेको नीति, नियम, ऐन, निर्देशिका तथा कार्ययोजना साउन १ गतेअगाडि नै सम्पन्न गराएको खण्डमा बजेटको प्रभवकारी कार्यान्वयन हुन सक्छ ।
६. अर्कोतर्फ योजना कार्यान्यवयन गर्न सकिने किसीमको वातावरण बनाउन आवश्यक छ । बजेट कार्यान्वयनका आधारहरु यो हुन् भनिएको छ, त्यसलाई आधार मानेर कार्यान्वयन गर्ने किसीमको तदारुकता सबैमा बनाउन सकियो भने बजेट कार्यान्वयन हुन्छ । जसरी भनिएको छ, त्यहि ढंगले बजेट कार्यान्वयन भयो भने साढे ६ प्रतिशतको बृद्धिदर हुन्छ । यद्यपी मुल्यबृद्धिको कुरा धेरै चुनौतिपूर्ण छ ।
लेखक राष्ट्रिय योजना आयोगका पुर्व सदस्य हुन् ।