अक्सिजन र मुटुको धड्कन नाप्ने रियलमी स्मार्टवाच नेपाली बजारमा, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 06:57:33 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट फोन उत्पादक कम्पनी रियलमीले रियलमी वाच ‘एस’ भेरियन्टको घडी नेपाली बजारमा ल्याएको छ । ३.३ सेमिको ठूलो रङ्गिन टचस्क्रिन भएको यो स्मार्टवाचले मुटुको वास्तविक गती मापन गर्ने कम्पनीको दाबी छ । 

यति मात्रै नभई, यसले शरीरमा भएको अक्सिजनको मात्रा पनि मापन गर्ने कम्पनीले जनाएको छ । यो स्मार्टवाच ३६० बाई ३६० पिक्सेल (२७८ पीपीआई) उच्च रेजोलुसनको भएको कम्पनीको भनाइ छ । यसले पाँच तहको स्वचालित ब्राइटनेस स्क्रिनको समर्थन गर्ने दाबी कम्पनीको छ । 

स्मार्टवाचको बडी ‘६०६३ अल्मुनियम अलोय’ बाट बनेको र जसले गर्दा घडी बलियो र हलुका भएको बताईएको छ । यसको स्ट्राप (पेटी) उच्चस्तरको तरल सिलिकोनले बनेको कम्पनीले जनाएको छ ।

‘यसले १६ स्पोर्टस मोड सपोर्ट गर्छ, जसबाट ब्लड–अक्सिजन मूल्यांकन, सक्रियता क्षमता परीक्षण, दैनिक हिँडाइको पाइला संख्या गणना, आराम, पानी, निद्रा, मेडिटेसन अभ्यास लगायतको सूचना ठीक ढंगमा जानकारी लिन सकिन्छ’ कम्पनीले भनेको छ ।

रियलमी वाच ‘एस’ बाटै स्वचालित रुपमा फोन अनलक गर्न सकिने कम्पनीको भनाइ छ । गीत सुन्न वा फोनको क्यामेरा अन रिमोट कन्ट्रोलको रुपमा घडीबाटै गर्न सकिने बताईएको छ । स्मार्टवाचमै कसको फोन आएको हो भन्ने जानकारी पाउन सकिने भएकाले कल उठाउन र काट्न सकिने सुविधा घडीमै उपलब्ध छ । 

नेपाली बजारमा रियलमी वाच ‘एस’ स्मार्टवाचको मूल्य ९ हजार ९९९ तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved