इन्फिनिक्स मोबाइलले वैशाख ६ गते बिहिबार HOT 40i स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । १६ जीबी तथा २५६ जीबी र्याम रहेको यो मोबाइलले स्टोरेजको चिन्ताबाट मुक्ति दिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो स्मार्टफोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा र ५० मेगापिक्सेलको हाइ रिजुलेसनको ब्याक क्यामेरा रहेको छ। सुपथ मूल्यमा रहेको यो फोन ग्राहकहरुको लागि स्मार्ट गिफ्ट हुने कम्पनीले उल्लेख गरेको छ ।