कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 11:59:35 AM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी विभागले कान्तिपुर बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्न सिफारिस गरेको छ । विभागले सोमबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्र पठाएर कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको हो । 

कान्तिपुर सहकारीका सञ्चालकले बचतकर्ताको करिब ६ अर्ब ५० करोड रुपैयाँ दुरुपयोग गरेको पाइएको छ । यो सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँबाट सेवा दिँदै आएको थियो । पछिल्लो विवरण अनुसार कान्तिपुर सहकारीमा ७ हजार बचतकर्ता छन् । उनीहरुले ६ अर्ब १३ करोड बचत जम्मा गरेका छन् । 

विभाग स्रोतका अनसार सहकारी ऐन २०७४ को दफा १०४ अनुसार विभागले समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा सिफारिस गरेको हो । 

समस्याग्रस्त घोषणा भएपछि सहकारी व्यवस्थापन समितिले सहकारीको नाममा भएको सम्पत्ति रोक्का तथा सञ्चालकहरुको समेत सम्पत्ति रोक्का राखी आफ्नो कारबाही प्रक्रिया अघि बढाउनेछ । 

यो सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved