सहकारीमा समस्या आउँदा केही सहकारीलाई मस्ती नै मस्ती, बिक्न थाल्यो भिरपाखाका जग्गा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 09:52:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बचतकर्ताको डिपोजिट फिर्ता गर्न नसकेपछि काठमाडौँको एक सहकारीले सदस्यलाई बोलाएर त्यसको साट्टो जग्गा दिन तयार भयो। तर सदस्यले राखेको ३० लाख  डिपोजिटले चितवनमा अवस्थित जग्गा नआउने भन्दै सहकारीले ति सदस्यलाई थप ४० लाख तिर्न भन्यो। 

डुब्नै लागेको ३० लाख डिपोजिटमा ४० लाख थप्दा चितवनमा जग्गा आउने भएपछि ति सदस्यले आफ्नी श्रीमतीलाई यो कुरा सुनाए। तर सहकारीको यो प्रस्तावमा शंका गर्दै ती महिलाले आफु निकटका एक जग्गा कारोबारीलाई यो घटना सुनाइन्।   ति महिलाले चितवनमा प्रस्ताव गरिएको उक्त जग्गा जति महँगो गर्दा पनि २७ लाख भन्दा बढी नपर्ने कुरा जग्गा कारोबारी मार्फत पत्ता लगाईन्।  

यो कुरा थाहा पाएपछि ति सदस्यले सहकारीको यो प्रस्ताव ठाडै अस्विकार गरे। र अहिलेपनि उनी ३० लाख डिपोजिट पाउने आशमा सहकारीमा धाईरहेका छन्। 

पछिल्लो समय कुलेश्वर तथा तिनकुने स्थित केहि सहकारीहरुले सदस्यहरुको डिपोजिट फिर्ता गर्न नसक्ने भन्दै यसरी नै जग्गाको मुल्य भन्दा तीन चार गुणा बढी मुल्य लिएर चितवन र अन्य ठाउँको मात्र नभई धुलिखेल आसपासका भिरपाखा पनि भिडाउने काम गरिरहेका छन्। समस्या आएकाले डिपोजिट फिर्ता गर्न नसक्ने यो परिस्थिति यस्ता प्रवृति बोकेका सहकारीहरुको लागि मस्त कमाउने अवसर बनेको छ। 

जग्गा कारोबारलाई राज्यको नियमनको दायरामा ल्याउनुपर्छ भनेर अभियान नै चलाईरहेका काठमाण्डौमा लामो समयदेखि जग्गा कारोबार गरिरहेका एक जग्गा कारोबारले केहि सहकारीको लागि सहकारीमा आएको समस्या अहिले ठूलो अवसर नै बन्न पुगेको बताए। 

"केहि सहकारीले डिपोजिट उठ्न नसकेर डर देखाएर डिपोजिटको नाममा सदस्यलाई उल्टै ठग्ने काम गरिरहेका छन्" उनले भने, "सहकारीले आफ्ना सदस्य लुटेको नै छ तर सोहि बेला जग्गाको कारोबारलाई रातारात तीन चार गुणाले बढाउने काम गरिरहेको छ। यस्तै प्रवृत्ति बढ्दै जाँदा यो क्रियाकलापले जग्गाको भाउसंगै बजारमा महंगी पनि बढ्ने देखिन्छ।"

डिपोजिट डुब्ने डर देखाएर आफ्नै सदस्यलाई परल मुल्य भन्दा तीन चार गुणा महँगोमा जग्गा भिडाउने यस्तो काममा काठमाडौँ उपत्यकाका केहि नाम चलेका सहकारीहरु नै अग्रस्थानमा रहेको एक सहकारीका संचालकले बिजपाटीलाई बताए। 

उनकाअनुसार बर्षौंदेखि विभिन्न बहानामा आम सर्वसाधारण लुटिरहेका केहि व्यक्तिहरुले अहिले सहकारी क्षेत्रमा देखिएको समस्यालाई कमाउने अवसर बनाईदिएकाले सहकारीमा समस्या झनै विकराल बन्दै गएको छ। 

भएको डिपोजिट पनि डुब्ने डरले धेरै डिपोजिटकर्ताहरु सहकारीको यस्तो प्रस्तावको जालोमा फँस्न बाध्य भएका छन्।  प्रस्ताव नमाने भएकै डिपोजिट नआउने डरले धेरै सहकारीका सदस्यहरु बजार मुल्य भन्दा चार गुणा बढी मुल्य तिरेर धुलिखेलका भिरपाखा तथा तराईका जग्गा किन्न बाध्य भएको एक सहकारीका प्रबन्ध निर्देशकको गुनासो गरे। 

सहकारीको समस्या धेरै सहकारीलाई टाउको दुखाईको विषय बनेपनि केहि सहकारीलाई भने कुस्त कमाउने अवसर बनेको छ। राज्यको नीति नियम र कानुनको पालना गरेर चलेका सहकारीको लागि अहिलेको समस्या चुनौतिपूर्ण रहेपनि केहि सहकारीका संचालकलाई भने कमाउने अवसर नै बन्न पुगेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved