ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुँईटेल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 01:32:27 PM मा प्रकाशित

laxmi  sunrise bank

 ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा मन्दिप लुँईटेल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले २०८० साल पौष २९ गते उनलाई माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो ।

बिजपाटी डटकमले एक महिना अगाडी नै ग्लोबल आईएमई क्यापिटलको सीइओमा मन्दीप लुइँटेल नियुक्त हुँदै शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

राजविराज, सप्तरी निवासी लुँइटेल यस अघि सानीमा क्यापिटल लि. मा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए। भारतको पुनेबाट एमबिए गरेका लुँइटेलले काठमाण्डौं विश्वविद्यालयबाट ईन्जिनियरिङ्गमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् । भारतको मुम्बईस्थित आइसिआइसि बैंकमा करीब डेढ वर्ष क्यापिटल मार्केट/स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गरेका निज लुँइटेलले नेपालका पूँजी बजारको बारेमा विशेष दखल राख्ने क्यापिटलले जनाएको छ। उनीसँग काठमाडौँ विश्वविद्यालय र अन्य कलेजमा प्राध्यापन गराएको अनुभव पनि छ ।  

ग्लोबल आईएमई क्यापिटलका सीइओ पारसमणि ढकालको कार्यालय सकिएपछि क्यापिटलमा सीइओ पद रिक्त थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved