किसान लघुवित्तका सीइओ कार्की नागरिक लगानी कोषको कार्यकारी निर्देशक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2024 | 04:52:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

पर्वत कार्की हाल किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत छन्। व्यवस्थापनमा स्नातकोत्तर गरेका कार्की राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकमा तीन दशक अनुभव सम्हालेका कार्कीले ग्रामीण विकास बैंकको सीईओ भएर पनि काम गरेका छन्। 

अर्थ मन्त्रालयद्वारा गठन गरिएको छनौट समितिले आवेदन दिएका मध्येबाट ५ जनाको नाम सर्ट लिस्ट गरेको थियो। सर्ट लिस्टमा पर्नेमा पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरी श्रेष्ठ रहेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved