एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2024 | 06:37:26 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सुवर्ण पौडेल चयन भएका छन्। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले कम्पनीमा  संस्थापक समुहबाट प्रतिनिधित्व गर्दै आएका पौडेललाई अध्यक्ष चयन गरेको हो ।

कम्पनीमा यस अघि अध्यक्ष रहेका सन्तोष कुमार राठीले माघ २ गतेबाट लागु हुने गरी राजीनामा दिएकोले कम्पनीले उनको स्थानमा पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष सुवर्ण पौडेलले व्यवस्थापन विषयमा स्नाकोत्तर तथा हाल SME Financingमा विधावारीधी गरी रहेका छन् । उनी सँग इमर्जिङ्ग नेपाल लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृत साथै व्यवसाय परामर्श, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक बढीको कार्यानुभव रहेको छ। साविकको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र मर्जर पश्चात् हालको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५ वर्ष देखि सञ्चालक समितिमा रहि काम गरेको अनुभव समेत रकेको हुँदा उनको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved