गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2024 | 04:48:10 PM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन्। कम्पनीको आज सम्पन्न साधारणसभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

आज सम्पन्न साधारणसभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालक सर्वसम्मत चयन गरेको हो । जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ सर्वसम्मत संचालक चयन भएका हुन् । उदयश्वार श्रेष्ठ बाहेक अन्य ३ जना यस अघि पनि संचालक थिए ।

नयाँ संचालक समिति गठनपछि बसेको पहिलो बैठकले दिलीप कुमार मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved