मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल सुगरिका केसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 05:59:32 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संचालकमा पूर्व मिस नेपाल सुगरिका केसी चयन भएकी छिन् । कम्पनीको आज माघ २२ गते सम्पन्न संचालक समितिको बैठकले  सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने गरि केसीलाई संचालक चयन गरेको हो ।

 कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलिको नियम २७ को उपनियम ४ बमोजिम धापाखेल, ललितपुर जन्म भई हाल सुर्यविनायक, भक्तपुर निवासी सुगरिका के.सी. लाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि संचालक नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

कृषिमा आधारीत अर्थतन्त्र भएको नेपालमा सर्वसाधारणको तर्फबाट संचालकमा के.सी.को नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, लगानीकर्ता र सम्पूणर् सरकारी तथा गैरसरकारी सरोकारवालाहरुमा कृषि क्षेत्र प्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको कम्पनीले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved