जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 09:30:24 AM मा प्रकाशित

laxmi  sunrise bank

 जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा मनिष अर्याल नियुक्त भएका छन् । लामो समयदेखि चाटर्ड अकाउन्टेन्ट रहेका अर्याललाई फागुन २ गते बसेको संस्थाको सञ्चालक समिति बैंठकले अध्यक्षमा नियुक्त गरेको हो ।

लघुवित्तमा सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक रहेका उनी लघुवित्तको अध्यक्ष चयन भएका हुन् । लघुवित्त कम्पनीमा सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक रहेका व्यक्ति अध्यक्ष चयन भएको सम्भवत यो पहिलो पटक हो  ।

अर्यालले नेपाल राष्ट्र बैकबाट आज समथ लिनेछन् । साढे २ वर्ष अघि अर्याल जाल्पा सामुदायिक लघुवित्तमा प्रवेश गरेका थिए ।  

संस्थाका अध्यक्ष विर बहादुर अधिकारीले राजीनामा दिएसँगै बैठकले अर्याललाई अध्यक्ष नियुक्त गरेको जनाएको छ । जाल्पा लघुवित्तलाई विषम् परिस्थितीमा अर्यालले गरेको कामको सम्मान गर्दै अध्यक्ष चुनेको संस्थाले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved