सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो १० गुणा सम्म प्रतिफल पाईने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 08:10:36 PM मा प्रकाशित

laxmi  sunrise bank

 सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ ।   यो योजना न्यूनतम मौज्दात रु दश हजारबाट सुरु गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणा सम्म प्रतिफल प्राप्त गर्न सकिनेछ । ग्राहकले यस योजना अन्तर्गत आफ्नो वचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्ने र सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले आफ्नो वचत रकममा कर्जा लिने÷दिने दिन सम्म पूँजीकरण गरिएको व्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशत सम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । 

यस योजनामा सहभागि हुन चाहने ग्राहकहरुले मुलुकभर रहेको ११२ शाखा कार्यालयहरु मार्फत सुलभ तरिकाले खाता खोली रकम वचत गर्न तथा कर्जा सुविधा लिन सक्ने बैंकले जनाएको छ । 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved