कामना सेवा विकास बैंकद्वारा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 09:50:08 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान गरेको छ । सरसफाईको आवश्यकतालाई मध्यनगर गर्दै तथा जनस्वास्थ्यको प्रवद्र्धन गर्न आफ्नो महिला कर्मचारीहरुका साथै ग्राहकहरुका लागी  मसिन जडान गरिएको बैंकले जनाएको छ ।

दिगो विकासको लक्ष्य अन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित विभिन्न कार्यालयहरुमा समेत सो भेन्डिङ्ग मसिन जडान गरेको उल्लेख गरेको छ। उक्त मसिन जडान पश्चात बैंकका महिला कर्मचारीहरु तथा ग्राहकहरुले रजश्वलाको वेला उक्त सुविधा सहजै प्रयोग गर्नसक्ने बैंकले उल्लेख गरेको छ। बैंकले आफ्ना कार्यालयहरुलाई लैङ्गिकमैत्री बनाउने योजना अनुरुप महिला कर्मचारीहरु त्था ग्राहकहरुको स्वास्थ्य सहजताको लागि उक्त मसिनहरु जडान गरिएको जनाएको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि पनि जनस्वास्थ्यको प्रवद्र्धन गर्न देशका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम लगायतका अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गरेको छ । बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved