एनआईसी एशिया बैंकले ऋणीलाई जरिवाना तथा हर्जाना छुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 07:48:40 PM मा प्रकाशित

nepal oil ltd

एनआईसी एशिया बैंकले ऋणीलाई जरिवाना तथा हर्जाना छुट गर्ने भएको छ । बैंकले भाखा नाघेको कर्जा रकम चुक्ता भुक्तान गर्ने ऋणीलाई शतप्रतिशत छुट दिने भएको छ । 

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले छुट दिन लागेको बैंकले जनाएको छ । २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेतको छुट प्रदान गर्ने योजना ल्याएको बैंकले उल्लेख गरेको छ ।

बैंकका अनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेको कर्जा भुक्तान गर्दा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेको कर्जा भुक्तान गर्दा २५ र ३६५ दिनभन्दा बढि भाखा नाघेको कर्जा चुक्ता भुक्तान गर्दा ३५ प्रतिशत छुट हुने छ । 

मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन बैंकले भनेको छ । 

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने बैंकले जनाएको छ ।  साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved