ज्योति विकास बैंकले मनायो १५ औं वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2023 | 08:46:11 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले विविध कार्यक्रम गरि १५ औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको दिन नख्खुस्थित आफ्नो १२१ औं शाखाको पनि औपचारिक उद्घाटन गरेको छ ।

बैंकका अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत ताम्रपत्र अनावरण गरी शाखाको उद्घाटन गरेका हुन्। सोही क्रममा उपस्थित सबैलाई नख्खु शाखाको डिजिटल माध्यमबाट भर्चुअल टुर गराइएको बैंकले जनाएको छ। नख्खु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ ।  

कार्यक्रममा बैंकमा १० वर्ष तथा १५ वर्ष देखि अनवरत रूपमा कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । अध्यक्ष खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदर–पत्र प्रदान गरेका हुन्। 

१५ औं वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी १५ रुपैंयामा अतुलनीय विशेषता सहितको “Super Smart Savings Account” सार्वजनिक गरेको छ । साथै यहि अवसरमा साउन १४ सम्म ज्योति विकास बैंकको खाता इसेवामा लिंक गर्ने सम्पूर्ण ग्राहकहरुलाई रु.१५० बोनस तथा खल्ती एपसंग पहिलो पटक ज्योति विकास बैंकको खाता लिंक गर्ने ग्राहकलाई रु. १०० बोनस प्राप्त हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ।  

बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेत आयोजना गरेको छ । बैंकले रक्तदान, वातावरण सरसफाई सम्बन्धि कार्यक्रम, वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । साथै , बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्ग र कर्मचारीहरुका लागि निःशुल्क मेहेन्दी कार्यक्रम पनि आयोजना गरेको छ। 

कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकको १५ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिनुहुने समस्त ग्राहकवर्ग, शेयरधनीहरू, नियामक निकायहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभेच्छुकहरु प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे । अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरु, पूर्व अध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहक वर्गहरुलाई आभार व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत भट्टले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे । साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव कुमार उप्रेती र संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष प्रचारमान सिंह प्रधानले बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य राखेका थिए। 

कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले बैंकले केन्द्रको न्यानो नानी परियोजनामा गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्यलाई निरन्तरता दिन अनुरोध गरे। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved