
मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लि. र सेयर ब्रोकर कम्पनीहरु बीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ । यो सम्झौता बमोजिमको सुविधाहरु “मुक्तिनाथ सेयरधनी बचत खाता” खोल्ने ग्राहकहरुले पाउनेछन् ।।
उक्त सम्झौता बमोजिम बैंकका ग्राहकले कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरुले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लि. र तोकिएका सेयर ब्रोकर कम्पनीहरु) दिने विभिन्न सेवा सुविधाहरु पाउने बैंकले जनाएको छ ।
नयाँ व्यवस्था अनुसार “मुक्तिनाथ सेयरधनी बचत खाता” न्यूनतम मौजदात एक सय रुपैयाँमा खोल्न सकिने, निःशुल्क Connect
IPS रजिष्ट्रेशन, निःशुल्क मोबाइल बैैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग, मुक्तिनाथ क्यापिटल लि.बाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सेवामा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरुबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउने छन्
यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आवद्ध भएको जारी विज्ञप्तीमा उल्लेख छ । सेवाग्राहीहरुलाई उक्त कम्पनीहरुबाट उपलब्ध हुने सेवाहरु भविष्यमा थप गर्दै लैजाने योजना पनि रहेको बैंकले जनाएको छ ।