लुम्बिनी विकास बैंकका ग्राहकलाई बयोधा अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2023 | 07:53:31 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकका ग्राहकले बयोधा अस्पतालमा छुट पाउने भएका छन्  । बैंकले बल्खुमा अवस्थित बयोधा अस्पताल सँग बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ताहरुलाई विभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १०% देखि १५% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो।

उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौ स्थित मुख्य कार्यालय बाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सम्झौतामा उल्लेख भए अनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक श्री दिपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा. अरबिन्द कुमार साहले हस्ताक्षर गरेका छन्।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved