कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत् अनलाईन खाता खोल्ने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 05:33:25 PM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण (प्थ्ऋ) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु नपर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएतापनी ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो । उक्त प्रविधिलाई थप परिष्कृत बनाउदै ग्राहकहरुले अनलाईन खाता खोल्ने क्रममा बैंक प्रतिनिधीसँग आफुलाई पायक पर्ने समय तय गरेर वा अनलाईन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सकिने बैंकले जनाएको छ । 

बैंकका अनुसार यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म www.digiaccount.kamanasewabank.com मार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ ।  यो व्यवस्थासंगै स्वदेश तथा विदेशमा रहनुभएका महानुभावहरुले आफु अनुकुल विभिन्न प्रकारका खाता खोल्न सकिने बैंकले उल्लेख गरेको छ ।

यसबाट बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आफ्नो खाता खोलेर डिम्याट, मेरो शेयर लगायतका सुविधाहरु प्रयोग गर्न सक्ने छन्। बैंकले अनलाईन खाता खोल्ने प्रकृयाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ । उक्त भिडियो बैंकको वेभसाईट तथा अन्य सामाजिक संजालमा राखिएको बैंकले जनाएको छ ।

बैंकले १३५ शाखा संजाल तथा ७७ वटा एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved