कामना सेवा विकास बैकका ग्राहकलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 04:11:02 PM मा प्रकाशित

laxmi sunrise bank

 कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने  विश्वास लिएको बैंकले जनाएको  छ ।

 बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् सेवा सुविधाहरु प्रदान गरि रहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved