१५० सिसी माथिका मोटरसाइलसहित यी बस्तुको आयातमा आजबाट प्रतिवन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 08:37:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आजदेखि १५० सिसी क्षमताभन्दा बढीका मोटरसाइल आयातमा प्रतिवन्ध लागेको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले आज साउन १ गतेबाट १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइल आयातामा प्रवितन्ध लगाएको हो।

उद्योग मन्त्रालयले वैशाख १३ गतेदेखि आयातमा लगाईएको प्रतिबन्धलाई परिमार्जन गर्ने प्रस्ताव गरेको हो । यसअघि वैशाख १४ गतेदेखि असार मसान्तसम्म २५० सीसीसम्मका मोटरसाइकलको आयात रोकिएको थियो । अब थप कडाई गर्दै सरकारले भदौं १४ गतेसम्म १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो ।

आजबाट नयाँ आर्थिक वर्ष लागेपनि यसअघिकै नियमलाई निरन्तरता दिँदै सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानको आयात प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ ।

कुकुरे, कुर्मुरे जस्ता खाद्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, तयारी मदिरा, हिरा, ३ सय डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा लगाईएको प्रतिबन्धले निरन्तरता पाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved